Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित

प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी दिए।

शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले यो विधयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

यो सँगै अब ७२ घण्टाभित्र सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्दछन् । यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077