काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट शासकबाट मुक्तिका लागि आफूहरूलाई साथ दिनका लागि आह्वान गरेका छन् ।
शुक्रबार साँझ फेसबूकमार्फत उनले सो आहुवान गरेका हुन् ।
'भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि हामीलाई साथ दिनुहोस्। हामी फेरि उठाउँछौँ राप्रपा नेपाल,' उनले भने ।
उनले त्यही पोस्टमार्फत आगामी साउन २० देखि एक महिनासम्म काठमाडौंका विभिन्न क्षेत्रमा प्रशिक्षण दिइने जानकारीसमेत दिए ।