बारा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ढलेपछि देशमा विकासको रफ्तार सुरु भएको बताएका छन् ।
बाराको परवानीपुर गाउँपालिकामा शुक्रबार नवनिर्मित पालिकाको भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो नेतृत्वको सरकारले देशमा विकासको लहर चलाएको दाबी गरे ।
एक वर्षमा सरकारले थुप्रै सडक, पुल, भवनसहित हरेक क्षेत्रमा निर्माणका काम गरिरहेको उनको भनाइ छ ।