हेटौंडा । बागमती प्रदेशका ४ मन्त्रीलाई मुख्यमन्त्री बहादुर सिंह लामाले पदमुक्त गरेका छन् ।
लामाले शुक्रबार प्रदेश प्रमुखलाई पत्राचार गर्दै संविधानको धारा १६९ (२) (ख) बमोजिम चार मन्त्रीलाई पदमुक्त गरेको जानकारी गराएका छन् ।
जसमा आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछाने, सहकारीमन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटनमन्त्री विमल चन्द्र ठकुरी रहेका छन् ।
यसअघि चारै मन्त्रीले राजीनामा दिएको बताएका थिए भने लगत्तै ३१ सांसदले संसदीय दलको नेता समेत रहेका लामाविरुद्ध अविश्वास प्रस्ताव लगेका थिए ।
कांग्रेस संसदीय दलका नेताको आकांक्षी इन्द्रबहादुर बानियाँलाई समर्थन गर्नका लागि उनीहरूले मन्त्री पदबाट राजीनामा दिएको बताएका थिए।