Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

नेपाल र भारतबीच सुपुर्दगी सन्धि हुँदैछ : झलनाथ खनाल

नेपाल र भारतबीच सुपुर्दगी सन्धि हुँदैछ : झलनाथ खनाल

शनिवार , श्रावण १०, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल र भारतबीच सुपुदर्गी सन्धि हुने तयारीमा रहेको दावी गरेका छन् ।

शनिबार पुष्पलालको जन्मजयन्ती पारेर आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुपुर्दगी सन्धि गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर गर्न नसके नेपालको राष्ट्रियतामाथि हमला हुने पनि बताए ।

खनालले भने–‘अहिले मैले के सुनिरहेको छु भन्दा नेपाल र भारतका बीचमा सुपुर्दगी सन्धी हुँदैछ । सुपुर्दगी सन्धि गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेछ। यो कुरामा नेपालका सबै देशभक्तहरु सचेत हुन जरुरी छ।’

उक्त विषय पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै सुनाउन चाहेको खनालले बताएका थिए ।

सोही कार्यक्रममा केहीबेर अघिमात्रै प्रचण्डले बोलेर हिँडेका थिए । उनी नभए पनि प्रतिपक्षी दलको नेताको हिसाबमा सञ्चारमाध्यमबाटै पनि यो विषय सुनिदिन खनालले आग्रह गरे ।

कोशी उच्च बाँध बन्ने कुरा पनि आइरहेको भन्दै त्यसबारे जनता र दलका नेताहरूलाई जानकारी हुनुपर्ने बताए ।

उनले भने–‘कोशी उच्च बाँधको कुरा कसरी आउँदैछ भन्ने कुरा नेपाली जनताले थाहा पाउनुपर्छ । त्यो नेपालको राष्ट्रिय हितमा छ कि छैन भन्ने बुझ्नुपर्ने हुन्छ ।’

नेपालले शारदा सम्झौता, गण्डक सम्झौता र टनकपुर सम्झौता गरेका बताउँदै उनले भने–‘ती कुनैपनि नेपालको राष्ट्रिय हितमा भएनन्। यसो हुनाले नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्नेकुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरू बाँधिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077