Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मुख्यमन्त्री लामाविरुद्ध हस्ताक्षर गरेकी सांसद श्रेष्ठ सम्पर्कविहीन, बागमती कांग्रेसमा नयाँ तरंग

मुख्यमन्त्री लामाविरुद्ध हस्ताक्षर गरेकी सांसद श्रेष्ठ सम्पर्कविहीन, बागमती कांग्रेसमा नयाँ तरंग

शनिवार , श्रावण १०, २०८२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध कांग्रेसकै इन्द्रबहादुर बानियाँ समूहले दर्ता गराएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य माया श्रेष्ठ अचानक सम्पर्कविहीन भएकी छिन् ।

शुक्रबार संसदीय दलको कार्यालयमै उपस्थित भई अविश्वास प्रस्तावमा औपचारिक रूपमा हस्ताक्षर गरेकी श्रेष्ठ त्यसपछि देखिनै पार्टी र दलका नेताहरूसँग सम्पर्कविहीन छिन् । श्रेष्ठ हस्ताक्षरकर्तामध्ये ८ औं नम्बरमा सूचीबद्ध छिन् ।

श्रेष्ठको सम्पर्कविहीन अवस्थाले बानियाँ समूहमा तनाव चुलिएको छ । मुख्यमन्त्री लामाले उनलाई मन्त्री पदको प्रलोभन देखाउँदै फिर्ता बोलाएको शंका गरिएको छ ।

२०७९ साल पुस १३ गतेको संसदीय दलको नेताको निर्वाचनमा श्रेष्ठले खुला रूपमा लामालाई समर्थन गरेकी थिइन् । उनी कांग्रेसका वरिष्ठ नेता प्रकाशशरण महत निकट मानिन्छिन् ।

सांसद श्रेष्ठले अविश्वास प्रस्ताव दर्ता गर्ने पक्षलाई साथ दिइरहिन् भने बानियाँ समूहको सांसद संख्या २१ पुग्छ । तर उनी लामाको पक्षमा फर्किए अविश्वास प्रस्तावमा समर्थन गर्ने सांसदको संख्या २० मा झर्नेछ । कांग्रेसको कुल ३७ सांसदमध्ये बहुमतको लागि १९ सांसदको समर्थन आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077