Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विदेशी सेना नेपाल छिर्ने ढोका खोल्दै सरकार, जलस्रोत सुम्पन खोज्नु राष्ट्रघात : भीम रावल

विदेशी सेना नेपाल छिर्ने ढोका खोल्दै सरकार, जलस्रोत सुम्पन खोज्नु राष्ट्रघात : भीम रावल

शनिवार , श्रावण १०, २०८२

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले नेपालको जलस्रोत र राष्ट्रिय सुरक्षा माथि गम्भीर खतरा उत्पन्न भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् ।

उनले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सो चिन्ता व्यक्त गरेका हुन् । उनले विशेषगरी मधेश प्रदेश खडेरीको मारमा परेको अवस्थामा नेपालको नदिनाला विदेशीलाई सुम्पिन खोज्नु राष्ट्रघात भएको बताए ।

'मधेश प्रदेश खडेरीले सबभन्दा बढी आक्रान्त छ । समग्र तराई मात्र होइन, अधिकांश भूभागमा पानी नपरेको अवस्था छ। खेत सुक्न थालेको छ। यस्तो संकटमा खोलानालाको सदुपयोग गरेर खानेपानी र सिंचाइको दीर्घकालीन समाधान खोज्नु पर्नेमा उल्टो विदेशीलाई जलस्रोत सुम्पन तल्लीन देखिनु अत्यन्त दुखद हो,' डा. रावलले उल्लेख गरेका छन् ।

उनले हालै ओली नेतृत्वको गठबन्धन सरकारले विद्युत्सम्बन्धी कानून संशोधन गर्न ल्याएको विधेयकको दफा ३५ को कडा आलोचना गर्दै त्यसले विदेशी सेनालाई नेपाल छिर्ने ढोका खोल्ने खतरा रहेको स्पष्ट पारे । “विदेशी कम्पनीलाई जलविद्युत् आयोजना सुम्पेर त्यसको सुरक्षाको नाममा विदेशी फौजलाई नेपाल ल्याउने बाटो खुलाउन खोजिएको छ, जुन नेपालको स्वाधीनता र सुरक्षा माथिको गम्भीर घात हो,” रावलको आरोप छ ।

रावलले खडेरीले आक्रान्त मधेश प्रदेशमा भूमिगत पानी तान्ने ५०० परियोजनाको उद्घाटन गर्ने कार्यलाई पनि अल्पकालीन र प्रचारमुखी गतिविधि मात्र भएको बताएका छन् । ''जमिनले आकाशको पानी सोस्न नपाएपछि जमिन मुनिको पानी पनि धेरै टिक्दैन। त्यही भएर भूमिगत स्रोतको प्रयोग केही समयको राहत मात्र हो, समाधान होइन,'' उनले भने ।

रावलले नदिनालाहरुको पानी नेपालीको हितमा प्रयोग गर्न दीर्घकालीन योजना बनाउन सरकारलाई सुझाव दिएका छन् । उनका अनुसार जलस्रोतको दीगो व्यवस्थापन बिना खानेपानी र सिंचाइ समस्या अझ भयावह बन्छ।

'संसारमै पानीका लागि युद्ध हुने चेतावनी विज्ञहरुले दिइरहँदा हामी भने पानी बेच्ने र सुम्प्ने दौडमा लागेका छौं,' उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077