Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् ।

आइतबार अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार समितिका बैठकहरु बिहान ११ देखि दिउँसो १ बजेको बीचमा सिंहदरबारस्थित आ-आफ्नो बैठक कक्षमा बस्ने छन् ।

अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आर्थिक वर्ष २०८२–०८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्थाका बारेमा छलफल हुनेछ ।

यस्तै आयोगको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक बजेट तथा कार्यक्रम संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका विषयमा छलफल गर्ने कार्यसूची छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक– २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदरुसँग छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग अन्तरक्रिया कार्यक्रम तथा छलफल गरिने छ । सार्वजनिक लेखा समिति बैठकमा महालेखापरीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदनउपर छलफल गर्ने कार्यक्रम छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077