Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सभामुख घिमिरे स्वीट्जरल्यान्ड जाँदै

सभामुख घिमिरे स्वीट्जरल्यान्ड जाँदै

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्ड प्रस्थान गर्दैछन् ।

उनी आइतबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा सहभागी हुनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।

‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ नामक दुई सेसनमा सभामुख घिमिरे सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077