Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

राजनीतिमा पूर्वाग्रह र प्रतिशोध भइरहन्छ : ओली

राजनीतिमा पूर्वाग्रह र प्रतिशोध भइरहन्छ : ओली

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेको बताएका छन् ।

बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा ओलीले अब बीपी कोइराला र पुष्पलालहरू कुनै दल विशेषका नेता नभई, देशकै नेता भएको बताए ।

प्रधानमन्त्री ओलीले भने–‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ । तर, अधिनायकवाद कस्तो हुन्छ भन्ने त्यसबेला भोग्ने बिपीहरू र हामीहरूलाई थाहा छ । जेल हतकडी र कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ । अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ ।’

[insert page='358517' display='yopanipadhnuhos.php']

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहीत स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले बीपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।

बीपी कोइरालाले नेपालका लागि मात्रै नभइ भारतका लागि समेत काम गरेको बताएका ओलीले भारतीय नेताहरू कठिन समयमा हुँदा उनले लुकेर काम गरेको बताए।

ओलीले राजनीतिमा ‘कतिखेर जेल परिन्छ’ भन्न नसकिने भएकाले राजनीतिमा पूर्वाग्रह, प्रतिशोध भइरहने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077