काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यहरूले अध्यक्ष रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन् ।
आइतबार बसेको बैठकले २४ घण्टाभित्र स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएका थिए ।
११ गतेसम्म बैठक नबोलाए त्यही दिन २ बजे केन्द्रीय समितिको बैठक बोलाएर आवश्यक निर्णय लिने भनिएको थियो ।
अध्यक्ष श्रेष्ठले आफू निकट शिव बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी थिइन् ।