Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति सन्तुलन हुनुपर्छ : शेखर कोइराला

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति सन्तुलन हुनुपर्छ : शेखर कोइराला

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबिच शक्ति सन्तुलन भए मात्र लोकतन्त्र फस्टाउन सक्ने बताएका छन् ।

कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीले पूर्वप्रशासक थापाको १०३औं जन्मजयन्तीको अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा नेता डा। कोइरालाले राज्यका प्रमुख अंगबीच शक्ति सन्तुलन नभए प्रजातन्त्रमाथि चुनौती उत्पन्न हुन सक्ने धारणा राखेका हुन् ।

नेता डा. कोइरालाले भने, ‘मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलन र संघर्षमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिको प्रतिनिधित्व रहेको संवैधानिक परिषद्लगायतका निकायबाट हुने निर्णय निष्पक्ष र तटस्थ हुनुपर्छ, राज्यका निकायमा रहने व्यक्तित्वले आफ्ना व्यक्तिको छनोट होइन, राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।’

पूर्ववडाहाकिम थापा असहज परिस्थितिमा पनि शान्त र शालीन प्रशासकका रूपमा आफूलाई स्थापित गरेको बताउँदै नेता डा. कोइरालाले अहिले मुलुकको प्रशासनमा दलीयकरण हाबी भएकाले श्रद्धाभाव जगाउने खालका प्रशासक पाउन मुस्किल रहेको विचार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077