Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

द्रूतमार्ग खोकना प्रवेशविन्दु विवाद समाधानका लागि प्रधानमन्त्री ओलीको पहल

द्रूतमार्ग खोकना प्रवेशविन्दु विवाद समाधानका लागि प्रधानमन्त्री ओलीको पहल

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस द्रूतमार्गको सुरुवात बिन्दु खोकनामा देखिएको विवाद समाधानका लागि सक्रिय पहल थालेका छन् ।

आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय समुदायको चासोलाई सम्बोधन गर्दै द्रूतमार्ग आयोजनालाई अविलम्ब अगाडि बढाउन निर्देशन दिएका हुन् ।

खोकना क्षेत्र ललितपुर महानगरपालिका–२१ मा पर्ने फुडोल क्षेत्रमा द्रूतमार्गको प्रवेश विन्दु प्रस्तावित गरिएको छ। तर, खोकना नेवार समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्र भएकाले स्थानीयवासीले आपत्ति जनाउँदै आएका छन् ।

छलफलमा हालसम्म भएका अध्ययन, वैकल्पिक प्रस्ताव तथा स्थानीयको मागबारे गहन समिक्षा गरिएको थियो । प्रधानमन्त्री ओलीले विवाद र असमझदारीलाई दीर्घकालीन अन्योलमा राख्नुभन्दा समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै भने, 'स्थानीयको भावनालाई यथासक्य समेटेर राष्ट्रिय परियोजना अघि बढाउनु आवश्यक छ।'

छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा। युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, साथै सम्बन्धित मन्त्रालयका सचिवहरू सहभागी थिए।

राष्ट्रिय गौरवको परियोजना मानिएको काठमाडौँ–तराई द्रूतमार्ग नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077