काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच छलफल भएको छ ।
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार जारी छलफलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन सहभागी भएका छन् ।
यस्तै एकीकृत समाजवादीबाट नेपालसहित वरिष्ठ नेता डा. बेदुराम भुसाल रहेका छन् । शीर्ष नेताहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले बताएको छ ।