Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नि:शुल्क सेवा दिँदै आएको बयालपाटा अस्पताललाई सशुल्क बनाउन खोजेपछि विरोध

नि:शुल्क सेवा दिँदै आएको बयालपाटा अस्पताललाई सशुल्क बनाउन खोजेपछि विरोध

सोमवार , श्रावण १२, २०८२

अछाम । अछामका युवा नेता तथा समाजसेवी राजन कुवँरले बयालपाटा अस्पतालमा साविकको जिल्ला अस्पतालको कार्यविधिलाई हुबहु नक्कल गरी सशुल्क सेवा लागू गर्ने तयारीलाई नीतिगत रूपमा प्रतिगमनको संज्ञा दिएका छन् ।

आइतबार मात्रै बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन सम्बन्धी कानून प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । तर नेता कुँवरले सामाजिक सञ्जालमार्फत निशुल्क सेवालाई सशुल्क बनाउने नियतले तयार गरिएको कार्यविधि तुरुन्त खारेज गर्न माग गरेका हुन् ।

कुवँरले गम्भीर आपत्ति जनाउँदै भनेका छन्, “बयालपाटा अस्पतालले विगतदेखि नै निःशुल्क, गुणस्तरीय तथा सबैलाई पहुँच हुने सेवा प्रदान गर्दै आएको छ । त्यही सेवाको आधारमा यस संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पहिचान बनाएको हो । यस्तो सेवामा हस्तक्षेप गर्नु जनविरोधी कदम हो।”

उनले निशुल्क सेवालाई सशुल्क बनाउने नियतले तयार गरिएको कार्यविधि तुरुन्त खारेज गर्न माग गरे । “यदि भविष्यमामा मैले जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गरेँ भने, यस्तो प्रतिगमनकारी कार्यविधि र मोडालिटीलाई पहिलो प्राथमिकतामा राखेर खारेज गरिनेछ,” कुवँरले चेतावनी दिएका छन्।

नेता कुवँरले पदको दुरुपयोग गरी जनताको मौलिक अधिकारमा हस्तक्षेप गर्न खोज्ने जो–कोहीलाई कडा प्रतिरोध गरिने चेतावनी पनि दिएका छन् । उनले भने, “यदि कुनै व्यक्ति वा निकायले निःशुल्क स्वास्थ्य सेवामा हस्तक्षेप गर्ने प्रयास गर्यो भने, त्यसको घोर विरोध गरिनेछ ।”

बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित एक नमुना स्वास्थ्य संस्था हो, जसलाई अहिले आर्थिक संकट भएपछि प्रदेश सरकार मातहत ल्याउने तयारी भइरहेको छ ।

सोही अनुरुप हिजो मात्रै अस्पताल सञ्चालन सम्बन्धी कानून प्रदेश राजपत्रमा प्रकाशित गरिएको थियो । जसको यतिवेला स्वास्थ्य सेवाको मोडल परिवर्तन गर्ने प्रस्तावले स्थानीय स्तरमै बहस र विवाद निम्त्याएको छ ।

बयालपाटा अस्पतालले अहिलेसम्म निःशुल्क सेवा प्रदान गरिरहेको छ । तर अब प्रदेश सरकारले निशुल्क सेवालाई सशुल्क बनाउने भएपछि विरोध सुरु भएको हो । उक्त निर्णयको अहिले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेका छन् ।

हेर्नुहोस् यस्तो छ प्रदेश राजपत्रमा प्रकाशित अस्पताल सञ्चालन तथा व्यवस्थापन आदेश

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077