Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बाघको सङ्ख्या बढेसँगै चुनौती पनि उत्तिकै थपियो : उपराष्ट्रपति यादव

बाघको सङ्ख्या बढेसँगै चुनौती पनि उत्तिकै थपियो : उपराष्ट्रपति यादव

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बाघको संख्या बढेसँगै चुनौती पनि उत्तिकै थपिएको बताएका छन् ।

बाघ दिवसको अवसरमा शुभकामना दिँदै यादवले संरक्षित क्षेत्रहरूको सन्तुलित व्यवस्थापन, चोरीसिकारी नियन्त्रण, जनचेतना,जनसहभागितालगायत महत्त्वपूर्ण कदमबाट नेपालमा बाघको संख्या बढ्दै गएको बताएका हुन् ।

‘नेपालमा बाघको संख्या बढेसँगै चुनौती पनि उत्तिकै थपिएका छन्,’उनले भने, ‘बाघको अस्तित्व जोगाउनु एउटा प्रजातिको रक्षामात्र नभई सो विषय वातावरणीय सन्तुलनसँग जोडिएकाले सबैको सहकार्य र समन्वयबाट संरक्षणमा लाग्नु पर्छ।’ उनले मानव–वन्यजन्तु द्वन्द्व, वासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

‘अन्तर्राष्ट्रिय बाघ दिवस’ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले मानव–वन्यजन्तु द्वन्द्व, वासस्थानको खण्डीकरण, जलवायु परिवर्तनका असर चुनौतीका रूपमा रहेकाले ती चुनौतीको सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखे। ‘बाघ संरक्षणबाट पर्या–पर्यटनको विकासमा टेवा पुग्न सक्छ । बाघ संरक्षित क्षेत्रमा पर्यटन प्रवद्र्धन गरी आर्थिक लाभ लिन सकिन्छ’, उनले भने।

उपराष्ट्रपति यादवले विश्वमा बाघको छाला, दाँत र हाडका लागि गरिने अवैध सिकारका कारण बाद्धको संख्या बट्दै जाँदा चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गर्दै तीव्र रूपमा बढ्दो वन जङ्गल फडानी, डढेलो र अव्यवस्थित सहरीकरणका कारणबाट हुने वन विनाशले बाघको वासस्थान बर्सेनि सङ्कटमा परिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077