Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाए, जसले नकारात्मक ऊर्जा हटाउँछ : प्रधानमन्त्री ओली

पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाए, जसले नकारात्मक ऊर्जा हटाउँछ : प्रधानमन्त्री ओली

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै अपनाएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नाग पञ्चमीको शुभकामना दिँदै ओलीले यस्तो बताएका हुन् । उनले पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएको र यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास रहेको सुनाए।

‘आज नागपञ्चमीः पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन, यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ,’ उनले लेखेका छन्, ‘प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौँ । प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ।’

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077