काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योगी-व्यवसायीहरूलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा कांग्रेस वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपति नै भएकाले केही समस्या भए समाधान गर्न आफूहरू तयार रहेको बताए ।
उनले उद्योगी व्यवसायीहरूले आफैं पनि काम र मेहनत गर्नुपर्ने भन्दै सबै कुराको दोष सरकार र नेताको टाउकोमा मात्रै राख्न नपाइने जिकिर गरे ।