Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रदेशको राजनीति तातेसँगै एमाले बागमती संसदीय दलको बैठक पनि बस्दै

प्रदेशको राजनीति तातेसँगै एमाले बागमती संसदीय दलको बैठक पनि बस्दै

बुधवार , श्रावण १४, २०८२

हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलका अनुसार बैठक बिहान ११ बजे हेटौँडास्थित संसदीय दलको कार्यालयमा सुरु हुनेछ ।

बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था, सरकार सञ्चालनको मूल्याङ्कन, भावी रणनीति र सत्ता समीकरणको पुनर्संरचनाजस्ता विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

साथै, प्रदेश सरकारमा देखिएको अस्थिरता, दलहरूको भूमिकामाथिको समीक्षा र आगामी राजनीतिक रणनीतिबारे पनि एमाले सांसदहरूबीच व्यापक विमर्श हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077