Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बागमतीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ

बागमतीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ

बुधवार , श्रावण १४, २०८२

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएको पाँच वटा मन्त्रालयमध्ये तीनमा मन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्री लामाले सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिएका छन् ।

सांसद माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरे पनि मन्त्रालय तोकिएको छैन । नयाँ मन्त्रीहरूको आजै शपथग्रहण गर्नेगरी तयारी गरिएको छ ।

लामाले कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै विश्वास गुमाएका थिए । संसदीय दलको नेता रिक्त भएसँगै आज नयाँ नेता चयनका लागि मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077