Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बागमती कांग्रेस संसदीय दलको नेतामा लामा र बानियाँको उम्मेदवारी दर्ता

बागमती कांग्रेस संसदीय दलको नेतामा लामा र बानियाँको उम्मेदवारी दर्ता

बुधवार , श्रावण १४, २०८२

काठमाडौँ ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभापति समेत रहेका इन्द्रबहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन् । संसदीय दलको नेता छान्न आजै चुनाव हुनेछ ।

उम्मेदवारको प्रारम्भिक नामावली ११:३० बजे प्रकाशित गरिनेछ । उम्मेदवारको नाम फिर्ता लिने समय मध्याह्न १२ बजेसम्म तोकिएको छ ।

कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य बानियाँले संसदीय दलका नेता लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो ।

कांग्रेसका ३७ सांसद मध्ये मंगलबार मुख्यमन्त्री लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ जना देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077