काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि अनसन सुरु गरेका छन् ।
सातबुँदे माग राखेर काठमाडौंको माइतीघरमा आइतबारदेखि सत्याग्रह थालेका उनले आजबाट अनसन सुरु गरेका हुन् । तीनदिने सत्याग्रहमा माग सम्बोधन नभएपछि मेयर भट्टराईले अनसन थालेको जनाएका छन् ।
मेयर भट्टराईले देशव्यापीरूपमा बाँसका सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्ने, स्थानीय उत्पादन प्रवर्द्धन गर्नुपर्नेसहित माग राखेका छन् ।
यसैबीच, सरकारी टोलीले आजै मेयर भट्टराईसँग छलफल गरेको छ । छलफल सकारात्मक भएको बताइए पनि मेयर भट्टराईले अनसन भने छाडेका छैनन् ।