Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

नाउपाको राष्ट्रिय भेला मध्य बानेश्वरमा जारी, अध्यक्षबाट हटाइएकी रञ्जिता अनुपस्थित

नाउपाको राष्ट्रिय भेला मध्य बानेश्वरमा जारी, अध्यक्षबाट हटाइएकी रञ्जिता अनुपस्थित

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेला मध्य बानेश्वरमा जारी छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि राष्ट्रिय भेला बोलाइएको हो । भेलामा रञ्जिता भने अनुपस्थित छिन् ।

रञ्जितलाई अनुशासन समितिले गरेको कारबाहीलाई राष्ट्रिय भेलाबाट अनुमोदन गराउने तयारी छ ।

राष्ट्रिय भेलामा रञ्जितालाई गरिएको अनुशासनको कारबाही र पदीय जिम्मेवारी तोक्ने लगायत एजेण्डा छन् । बैठकमा केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद लगायत सहभागी छन् ।

घुसकाण्डमा मुछिएपछि रञ्जिताले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । तर त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो ।

रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको थियो ।

अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको हो ।

नाउपाले निर्वाचन आयोगलाई यसबारे जानकारी दिइसकेको छ । रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो ।

अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने एक नेताले जानकारी दिए ।

डगौरा संयोजकत्वको नाउपा अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077