Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

भैरहवामा रास्वपा संसदीय दलको बैठक जारी

भैरहवामा रास्वपा संसदीय दलको बैठक जारी

बुधवार , श्रावण १४, २०८२

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ ।

जिल्ला कारागारमा रहेकासभापति रवि लामिछानेलाई भेटेर सांसदहरू बैठकमा सहभागी भएका हुन् । बैठक भैरहवास्थित होटल रमादामा जारी छ ।

बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण, भ्रष्टाचारविरुद्धको अडान, संसद्‌मा सरकारको व्यवहार र पार्टीको आगामी रणनीतिबारे छलफल भइरहेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

संसदीय दलको बैठक सकिएपछि सांसदहरू रूपन्देही ३ मा पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077