काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही १८ गते तुर्केमिनिस्तान जाने भएका छन्।
बुधबार बसेको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो भ्रमणबारे जानकारी दिएका हुन्।
ओलीले भने- 'हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ। सगरमाथा संवाद गर्यौँ विश्वको ध्यान खिच्यौँ। अस्तिभरखर पनि म स्पेन गएँ यीनै विषयमा, साझा विषयमा कसरी सँगै लड्ने भनेर धाराणा राख्यौँ। फेरि तुर्केमिनिस्तान जाँदैछु।'