Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

माओवादी पदाधिकारी बैठक : यी हुन स्थायी समितिका लागि तय भएका एजेन्डा

माओवादी पदाधिकारी बैठक : यी हुन स्थायी समितिका लागि तय भएका एजेन्डा

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकका एजेन्डा तय भएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

सापकोटाकाअनुसार स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा रिर्पोटिङ गर्नेछन्।

पार्टीभित्रको मतभेद व्यवस्थापन र नेताहरुबीचको एकता सुदृढीकरण गर्ने विषयलाई पनि बैठकको एजेन्डा बनाइएको छ।

त्यस्तै माओवादी केन्द्रसँग एकतामा आएकाहरुको कार्यविभाजन गर्नेबारे पनि बैठकमा निर्णय हुनेछ।

उनले भने–‘ठूलो कमिटीको बैठक बस्नुअघि एजेन्डा तय गरिन्छ । सबैभन्दा पहिला पर्सि बस्ने स्थायी कमिटीको बैठकमा पार्टी हेडक्वार्टरको तर्फबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ ।’

त्यस्तै, पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्तरता दिने बिषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका बिषय लगाएतमा छलफल गर्ने एजेन्डा तय भएको उनले जानकारी दिए ।

‘त्यसपछि अभियान पोखरामा आएर रोकिएको छ । त्यसलाई निरन्तरता दिनेबारे छलफल हुनेछ । त्यससँगै केन्द्रीय कमिटी बैठकको मिति तय हुनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077