Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शिशुलाई बचाउने अनमीलाई स्वास्थ्यमन्त्रीको फोन, भने - तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ

शिशुलाई बचाउने अनमीलाई स्वास्थ्यमन्त्रीको फोन, भने - तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । बैतडीकी स्वास्थ्यकर्मी जानकी पुजारालाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले धन्यवाद दिएका छन् ।

शिशुलाई लगातार ६ घन्टासम्म मुखबाट अक्सिजन दिएर उनको ज्यान बचाउने अनमी पुजारालाई टेलिफोन गरेर मन्त्री पौडेलले धन्यवाद दिएका हुन् ।

बुधबार अपरान्ह ५ बजेतिर स्वास्थ्य मन्त्री पौडेलले उनको कामको प्रशंसा गर्दै धन्यवाद दिए ।

‘बच्चाको ज्यान बचाएर तपाईंले उदाहरणीय काम गर्नुभएको छ। यो देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ,’ मन्त्री पौडेलले पुजारालाई भने । मन्त्रीको प्रशंसापछि पुजाराले उनलाई धन्यवाद दिइन्।

बिहीबार राति २० वर्षीया महिलाले जन्म दिएकी शिशुको श्वास निकै सुस्त चल्न थालेपछि पुजाराले शिशुलाई मुखबाटै श्वास दिएर ज्यान जोगाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077