Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साउन १५ अर्थात् खीर खाने दिनको शुभकामना दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीले सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्दै शुभकामना दिएका हुन् ।

उनले पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेको उल्लेख गर्दै पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको बताए।

जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको प्रधानमन्त्री ‌ओलीले भने।

उनले लेखेका छन्, 'आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ। जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५१ सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077