Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बागमतीका नवनियुक्त ३ मन्त्रीको शपथ अनिश्चितकालका लागि स्थगित

बागमतीका नवनियुक्त ३ मन्त्रीको शपथ अनिश्चितकालका लागि स्थगित

बिहिवार , श्रावण १५, २०८२

हेटौँडा । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको शपथग्रहण कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएको भन्दै स्थगन गरिएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्दै गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण, र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

उनीहरूलाई बुधबारै शपथ गराउने तयारी थियो, तर नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको आग्रहमा कार्यक्रम रोकिएको बताइएको छ ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएको र उहाँ उपचारका लागि आज बिहानै काठमाडौं प्रस्थान गर्नुभएको हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथ ग्रहण कार्यक्रम स्थगन गरिएको छ।”

शपथ स्थगनलाई लिएर पछिल्लो समय बागमती प्रदेशमा चुलिएको राजनीतिक तनाव थप जटिल बन्ने देखिएको छ ।
यसैबीच, बुधबार बागमती कांग्रेस संसदीय दलको नेतामा भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँ विजयी भए पनि मुख्यमन्त्री लामा भने पद नछोड्ने अडानमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077