Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

हाम्रो देश अरुले आएर बनाइदिँदैन, हामीले नै बनाउने हो : प्रधानमन्त्री

हाम्रो देश अरुले आएर बनाइदिँदैन, हामीले नै बनाउने हो : प्रधानमन्त्री

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान दिने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा कही पनि बाँकी पनि नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले भने–‘हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदैछौं । त्यसपछि विकासित मुलुकमा पुग्नेछौँ। हाम्रो देश अरुले आएर बनाइदिँदैन। हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौं। हामी सबै लागेमा ‘वि क्यान डु नेपाल...’ बन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077