Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग

राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य किशोर कार्कीले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् ।

केन्द्रीय सदस्य कार्कीले विहीवार प्रेस विज्ञप्ति जारी गर्दै अब स्वतन्त्र नागरिकको भूमिकामा रहने बताएका छन् ।

अध्यक्षले अभिभावको भूमिका निर्वाह नगरेको, विभाजित भएको पार्टीलाई सम्हाल्ने सोच नदेखाएको आरोप लगाएका छन् । आफुले अनेक प्रयास गर्दा पनि पार्टीलाई सही दिशामा ल्याउन नसकेको उनको दाबी छ ।

कार्की यसअघि उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, मेश प्रदेश संयोजक, केन्द्रीय अनुशासन समितिको सदस्य र सचिवलगायतका जिम्मेवारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077