Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी चयन

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी चयन

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् ।

पार्टी अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाएर चौधरीलाई अध्यक्ष बनाइएको हो । संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले रेशमका बुबालाई अध्यक्ष छानेको हो । भेलाले बुधबार रञ्जीतालाई अध्यक्षबाट हटाएको थियो ।

राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेपछि चौधरीले पार्टीलाई विधिविधानअनुसार अघि बढाउने बताएका छन् । उनले पार्टीभित्र निकास निकाल्नका लागि आफू गम्भीर रहेको भन्दै आफ्ना कुराहरू पार्टीमा राख्न रञ्जिता श्रेष्ठलाई सुझाव दिए ।

रञ्जिताले डेड वर्षदेखि पार्टीको बैठक समेत नराखेको कारण पार्टीका गतिविधि अवरुद्ध भएकाले राष्ट्रिय भेलामार्फत निकास निकाल्ने र पार्टीको सुझाव सल्लाहको आधारमा आफू अघि बढ्ने प्रयास गर्ने चौधरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077