Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सुदूरपश्चिममा मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नाउपाका एक सांसद पनि पक्षमा उभिए

सुदूरपश्चिममा मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नाउपाका एक सांसद पनि पक्षमा उभिए

बिहिवार , श्रावण १५, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि उनलाई विश्वासको मत लिनु परेको थियो ।

४५ सांसद उपस्थित रहेकोमा ३० जनाले मुख्यमन्त्रीको पक्षमा मत हालेका छन् भने १५ सांसदले विपक्षमा मतदान गरेका हुन् ।

नाउपाका सात सांसदमध्ये एकमात्र कैलाश चौधरीले प्रदेशसभामा उपस्थित भएर मुख्यमन्त्री शाहको पक्षमा मतदान गरे । बाँकी छ जना सांसद भने उपस्थित भएनन् ।

यस विश्वासको मतमा कांग्रेसका १८ र नेकपा एमालेका ११ मत पनि मुख्यमन्त्रीको पक्षमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077