Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रञ्जिताका ससुरा लालवीर भन्छन् - डेढ वर्षसम्म बैठक नबोलाएकाले विकल्प खोज्यौँ

रञ्जिताका ससुरा लालवीर भन्छन् - डेढ वर्षसम्म बैठक नबोलाएकाले विकल्प खोज्यौँ

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नवनियुक्त अध्यक्ष लालवीर चौधरीले पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म पार्टी बैठक नबोलाएको कारण विकल्प खोज्नु परेको बताएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै चौधरीले पार्टीलाई निष्क्रियताबाट निकाल्न र उपनिर्वाचनजस्ता अनिवार्य राजनीतिक प्रक्रियामा सहभागी हुन तत्काल निर्णय लिनुपर्ने अवस्था आएको स्पष्ट पारेका हुन् ।

‘डेढ वर्ष भयो, उहाँले बैठक नडाक्नु भएको। यस्तो परिस्थितिमा हामीले विकल्प खोज्यौं,’ चौधरीले भने, ‘अहिले उपनिर्वाचन हुँदैछ, उम्मेदवारी दिनुपर्ने छ। त्यसैले विधानसम्मत र निर्वाचन आयोगको नीति अनुरूप जानुपर्ने बाध्यता थियो। त्यसैले निकास खोजेर अघि बढ्यौं।’

उनका अनुसार अध्यक्ष रञ्जिता श्रेष्ठले दिएको अभिव्यक्तिप्रति पार्टी प्रतिक्रिया दिन तयार छ, तर पार्टीले उनलाई अझै पनि पूर्ण रूपमा बाहिर ठानेको छैन।

‘उहाँप्रति सदस्यहरूले गरेका आरोपहरूप्रति फेस गर्न हामी तयार छौं,’ उनले थपे, ‘हामीले उहाँलाई कम्तीमा बैठकमा उपस्थित भइदिन आग्रह गरेका थियौं। तर बैठक नै नबोलाउनु ठूलो समस्या भयो। पार्टीले उहाँलाई टाढा राख्न खोजेको होइन, निकास मात्र खोजिएको हो।’

यसअघि श्रेष्ठले आफूलाई सत्ताले प्रयोग गरेर पदबाट हटाउने षड्यन्त्र भएको आरोप लगाउँदै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । तर चौधरीले नेतृत्व परिवर्तन प्रक्रिया विधान र नीतिअनुसार भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077