Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

ओली र प्रचण्डको तस्विर राख्दै बाबुराम लेख्छन्–नेपालका ‘कम्युनिष्ट’ मठाधीशहरू

ओली र प्रचण्डको तस्विर राख्दै बाबुराम लेख्छन्–नेपालका ‘कम्युनिष्ट’ मठाधीशहरू

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट नेताहरूले पनि रूसी नेता जोसेफ स्टालिनले झैं आलोचकलाई राजनीतिक सफाया गर्ने बाटो रोजेको आरोप लगाएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुमा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर नै सेयर गर्दै उनले कम्युनिष्ट नेताहरूले इतिहासबाट नसिसेको टिप्पणी गरे ।

उनले लेखेका छन्–‘अन्तर–पार्टी संघर्षको कुरा गर्दा यहाँ पनि स्टालिनको मुख्यतः सन् १९२७–३८ कालखण्डको ‘ग्रेट ट्रायल’ (टेरर) को झल्को दिने गरी मूल नेतृत्वसँग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता–कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाको निम्ति बिदा गर्ने प्रवृत्ति उत्तिकै हावी छ ’

उनको प्रश्न छ–‘स्टालिनकै झल्को आउने गरी अहिले नेपालका ‘कम्युनिष्ट’ मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठूलो विडम्बना नभए के होला त ?’

पूर्व कम्युनिष्ट नेता एवं पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले रूसमा जस्तै नेपालमा पनि कम्युनिष्ट आनत्दोलन विलाएर जाने चरणमा रहेको टिप्पणी गरेका छन् । उनले अहिलेको कम्युनिष्ट पार्टीका आकारलाई सुन्निएर मोटाएको जस्तै भनेका छन् ।

यस्तो छ भट्टराईको स्टाटस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077