Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

जिन्दगीमा एक पैसा तलमाथि गरेको छैन : पूर्वप्रधानमन्त्री नेपाल

जिन्दगीमा एक पैसा तलमाथि गरेको छैन : पूर्वप्रधानमन्त्री नेपाल

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोधले आफूमाथि मुद्दा लगाइएको जिकिर गरेका छन्।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने- ‘मेरो नत भ्रष्टाचारको केस नै हो, जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो। जसमा नेपाल सरकारलाई अहिले सम्म एक पैसा पनि नोक्सान भएको छैन।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार दायर गरेको मुद्दा विशेष अदालतमा मुद्दा विचाराधीन छ।

२०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो ।

पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिन तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएको अख्तियारको आरोप छ ।

यो मुद्दामा नेपाल ३५ लाख रुपैयाँ धरौटी रिहा भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077