Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार तुर्कमेनिस्तान जाने भएका छन् । भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो राष्ट्रसंघीय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी तुर्कमेनिस्तान जान लागेका हुन् ।

सम्मेलन साउन २० गतेदेखि २५ गतेसम्म तुर्कमेनिस्तानको अवाजामा आयोजना हुँदै छ । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महामहिम एन्टोनियो गुटेरेसको निमन्त्रणमा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीले अति कम विकसित देशहरू (एलडीसी) को ग्लोबल कोअर्डिनेसन ब्युरोको अध्यक्षको हैसियतले सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सम्मेलनको उच्चस्तरीय गोलमेच सम्मेलनको सह–अध्यक्षता गर्नुका साथै अन्य कार्यक्रमहरूलाई पनि सम्बोधन गर्नेछन् ।

यसबाहेक, प्रधानमन्त्री ओलीले सम्मेलनको साइडलाइनमा विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरू, संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका उच्चस्तरीय व्यक्तिहरूसँग भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्री तथा अन्य उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077