काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउने लक्ष्यसहित प्रभावकारी रूपमा काम गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार कोटेश्वरस्थित लागुऔषध नियन्त्रण व्युरो कार्यालय निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले भने, “लागुऔषधले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमजस्ता अपराधहरूलाई जन्म दिन्छ। विगतको एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान प्रभावकारी भयो र यसले प्रगति पनि देखायो।”
उनले स्रोत साधनमा कमी भए पनि इच्छाशक्तिले धेरै काम गर्न सकिने उल्लेख गर्दै, “यो अभियानमा सबैको सहयोग आवश्यक छ, विशेषगरी युवाहरूलाई यसबाट बचाउनुपर्नेछ।”
कार्यक्रममा गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण व्युरोलाई विभागको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै, प्रहरी महानिरीक्षक दिपक थापालाई आवश्यक तयारी अघि बढाउन निर्देशन दिएका छन् ।