Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

‘निरोगी नेपाल’ बनाउने अभियानमा जुट्न सबैलाई प्रधानमन्त्री ओलीको आह्वान

‘निरोगी नेपाल’ बनाउने अभियानमा जुट्न सबैलाई प्रधानमन्त्री ओलीको आह्वान

शुक्रवार , श्रावण १६, २०८२

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग लागेपछि उपचार गर्नेभन्दा अघि नै रोकथाम गर्ने उपायमार्फत ‘निरोगी नेपाल’ बनाउने अभियानमा जुट्न सबैलाई आह्वान गरेका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्दै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन् ।

उनले स्वस्थ जीवनशैली, सफा वातावरण र समर्पित सेवाभावले मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा हुने बताए ।

“रोग लागिसकेपछि उपचार गर्नुभन्दा, रोग नै नलाग्ने वातावरण सिर्जना गर्नु प्रभावकारी हो,” प्रधानमन्त्री ओलीले भने, “निरोगी नेपाल हाम्रो साझा लक्ष्य हो – मानिस, पशुपंक्षी र वनस्पति सबैका लागि।”

फोहोर व्यवस्थापनप्रति कटाक्ष गर्दै उनले ढल खोलामा मिसाएर बागमती सफाइ अभियान चलाउने दोहोरो व्यवहारको आलोचना गरे । “समस्याको जडमै समाधान गर्नुपर्छ, यस्ता प्रवृत्ति अन्त्य गरेर सफा र सुन्दर सहर–बस्ती निर्माण गर्नुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077