Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ : जीवन परियार

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ : जीवन परियार

शनिवार , श्रावण १७, २०८२

भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताएका छन् ।

कांग्रेस सूर्यविनायक नगर समितिले शनिबार (साउन १७) आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति पुनः सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

संविधान निर्माण गर्दा राष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा सक्रिय हुन पाउने व्यवस्था गर्न चुकेको उनले उल्लेख गरे । अब संविधान संशोधन गर्ने क्रममा यो व्यवस्थालाई समावेश गरिनुपर्नेमा उनले जोड दिए ।

नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन नसक्ने गरी गरेको निर्णय स्वागतयोग्य रहेको उनको भनाइ थियो । “पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा ठिक होइन । उहाँबारे एमालेले जे निर्णय गर्‍यो, त्यो सही निर्णय हो । कांग्रेसले पनि त्यस्तै निर्णय गर्नुपर्छ,” सहमहामन्त्री परियारले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077