Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज आइतबार पनि बस्दैछ ।

यही साउन १६ गतेदेखि शुरू भएको स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077