Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कक्षा १२ को नतिजा आज साँझ ५ बजे सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा आज साँझ ५ बजे सार्वजनिक हुँदै

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझ ५ बजे सार्वजनिक गर्ने भएको छ ।

नतिजा प्रकाशनका लागि बोर्डको बैठक आज बेलुकी बस्ने तयारी गरिएको हो । बोर्ड स्रोतका अनुसार हिजो नतिजाको डेमो परीक्षण गरिएको थियो ।

क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा प्रकाशन हुनुपर्ने भए पनि गत २० चैतदेखि सुरु भएको २९ दिन लामो शिक्षक आन्दोलनका कारण प्रक्रिया ढिलाइ भएको हो।

गत ११ वैशाखका लागि तय गरिएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि मात्र सञ्चालन भएको थियो । यसपटक देशभरबाट ५ लाख ११ हजार ५२५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077