काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
सोमबार बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक गरिएको हो । ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।
बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल(ननग्रेड) भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
यस पटक नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।