Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

यस वर्ष कक्षा १२ को परीक्षामा कसैले पनि ल्याएनन् ४ जीपीए

यस वर्ष कक्षा १२ को परीक्षामा कसैले पनि ल्याएनन् ४ जीपीए

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं । यस वर्षको कक्षा १२ परीक्षामा कसैले पनि जीपीए ४ ल्याउन नसकेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माले यस वर्ष कुनै पनि विद्यार्थीको चार जीपीए नआएको जानकारी दिए।

शर्माले भने- ‘यस वर्ष कसैले पनि ४ जीपीए ल्याएका छैनन्, सबैभन्दा धेरै उत्कृष्ट गर्ने विद्यार्थीले जीपी ३.९६ सम्म मात्रै ल्याएका छन्।’

उनले ३.९६ जीपीए ल्याउने विद्यार्थी पनि धेरै नभएका बताए।

बोर्डले यस वर्षको परीक्षाफल हिजो सार्वजनिक गरेको थियो। बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।

गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।

गत असारमा सार्वजनिक भएको एसईईको नतिजमा ७ सय ७४ विद्यार्थीले जीपीए ४ ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077