Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकाको उत्तरी एरिजोनामा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

अमेरिकाको उत्तरी एरिजोनामा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

बुधवार , श्रावण २१, २०८२

एजेन्सी । अमेरिकाको उत्तरी एरिजोनामा विमान दुर्घटना भएको छ ।

मंगलबार एक चिकित्सा परिवहन विमान उत्तरी एरिजोनामा दुर्घटना भएको हो । दुर्घटनापछि विमानमा आगो लाग्दा चारजनाको मृत्यु भएको छ ।

न्यू मेक्सिकोको अल्बुकर्कस्थित सीएसआई एभिएसन कम्पनीको यो विमान फ्ल्यागस्टाफबाट करिब २०० माइल नौ हजार ३२१ किलोमिटर उत्तर–पूर्वमा रहेको चीनले हवाई अड्डानजिकै दुर्घटना भएको हो ।

विमानमा सवार व्यक्तिहरू चिकित्साकर्मी थिए । उनीहरू एक बिरामीलाई लिन अस्पताल जाँदै थिए ।

राष्ट्रिय परिवहन सुरक्षा बोर्ड र एफएएले यसको जाँच गरिरहेका बताएको छ । दुर्घटनाको कारण हालसम्म थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077