Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

औषधिमा २५० प्रतिशत सम्मको भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

औषधिमा २५० प्रतिशत सम्मको भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

बुधवार , श्रावण २१, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी दिनमा २५० प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् ।

उनले विदेशी अर्धचालक (सेमिकन्डक्टर) सामग्रीमा पनि नयाँ शुल्क लगाउने तयारी गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले टेलिभिजन अन्तर्वार्ताका क्रममा पहिलो चरणमा औषधिमा सानो दरको शुल्क लगाइने भए पनि आउँदो एक देखि डेढ वर्षभित्र त्यसको दर १५० प्रतिशत र त्यसपछिका चरणहरूमा २५० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको बताए ।

यसैबीच राष्ट्रपति ट्रम्पले भारतमाथि पनि आयात शुल्क धेरै मात्रामा बढाउने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077