Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रुपन्देही-३ उपनिर्वाचन : रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले दिए आवेदन

रुपन्देही-३ उपनिर्वाचन : रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले दिए आवेदन

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । रुपन्देही- ३ मा हुने उपनिर्वाचनका लागि रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन्।

रास्वपाले बिहीबार पार्टीको आधिकारिक बिहीबार फेसबुक पेजबाट लाइभमार्फत आवेदकहरूको सूची सार्वजनिक गरेको हो।

सुलव खरेल, पाछाबेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।

भोलि बिहान १० बजेदेखि पर्सि साँझ ५ बजेसम्म उम्मेदवारीमाथि दावीविरोध गर्न सकिने रास्वपा सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए।

रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077