Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६ प्रदेशमा फैलियो लम्पी स्किन, ८ सय ४६ पशुचौपाया मरे

६ प्रदेशमा फैलियो लम्पी स्किन, ८ सय ४६ पशुचौपाया मरे

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । ७ प्रदेशमध्ये ६ प्रदेशमा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ ।

पशुसेवा विभागका अनुसार लम्पी स्किनबाट देशभरि ८ सय ४६ पशुचौपाया मरिसकेका छन् भने २७ हजार ४ सय २५ पशुचौपाया यस रोगबाट संक्रमित भएका छन् ।

छ प्रदेशका २९ जिल्लामा फैलिएको यो रोग सबैभन्दा बढी कोशी प्रदेशमा फैलिएको छ । विभागका अनुसार लम्पी स्किन कोशी, बागमती, लुम्बिनी, मधेस, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ ।

६ असारदेखि २० साउनसम्म कोशीका ११ जिल्लामा फैलिएको संक्रमणबाट २२ हजार १ सय २२ पशु संक्रमित भएको र ६ सय ३७ पशु मरेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

लम्पी स्किन संक्रमण मधेसका ८ जिल्ला, बागमतीको ५ जिल्ला, लुम्बिनीका ३ जिल्ला, गण्डकी र कर्णालीको १÷१ जिल्लामा फैलिएको छ । सुदूरपश्चिममा भने हालसम्म रोगको पुष्टि नभएको विभागले जनाएको छ ।

विवरण अनुसार मधेशमा ४ हजार ४ सय ९२ पशु संक्रमित भएका छन् भने १ सय ७९ पशु मरेको छ । बागमतीमा लम्पी स्किन रोगबाट ३० पशु मरेको छ भने ७ सय ९३ पशु संक्रमित छन् ।

त्यस्तै लुम्बिनीमा १६ र गण्डकीमा ७ पशु यस रोगबाट संक्रमित भएको विभागको विवरणमा उल्लेख छ ।

विभागका अनुसार संक्रमण फैलिएका ६ प्रदेशमा ५ लाख ६१ हजार ७ सय ५१ पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077