Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन प्रकारबाट शिक्षकको बढुवा, प्रधानाध्यापकमा नियुक्त भए महासंघको सदस्य स्वतः निष्क्रिय

तीन प्रकारबाट शिक्षकको बढुवा, प्रधानाध्यापकमा नियुक्त भए महासंघको सदस्य स्वतः निष्क्रिय

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव प्रस्तुत गरेका हो ।

शिक्षकको बढुवा अन्तर्गत समावेश भएको आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा तीन व्यवस्था प्रस्ताव गरिएको हो ।
जसमा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकन रहेका छन् ।

त्यसैगरी, विधेयकमा शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा स्वतः निस्क्रिय हुने प्रस्ताव गरिएको छ । परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्तावमा यस्तो प्रताव गरिएको हो ।

जसमा भनिएको छ–‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा निजको सदस्यता निज प्रधानाध्यापक रहेसम्म स्वतः निस्कृय हुनेछ र निज प्रधानाध्यापक रहँदासम्म महासंघको तर्फबाट कुनै गतिविधि गर्न पाउनेछैन।’

पूर्ण छात्रवृत्तिसम्बन्धी व्यवस्थामा निजी लगानीमा सञ्चालित विद्यालयले शिक्षासम्बन्धी प्रचलित कानुनमा तोकिएबमोजिम प्रदान गर्नुपर्ने छात्रवृत्ति पूर्ण छात्रवृत्तिका रूपमा उपलब्ध गराउनु पर्ने प्रस्ताव छ ।

गत २२ असारमै विधेयक पास गर्ने तयारी थियो । तर, शिक्षक महासंघको मागका विषयमा फरक–फरक प्रस्ताव आएपछि शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए । समितिले ५ दिनको समय दिएको थियो ।

यसैबीच, विद्यालय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्‍यांकन अंक घटाएर ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको छ ।

शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्य सम्पादन मूल्यांकन औसतमा ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको हो ।

यसअघि पाँच बर्षको कार्यसम्पादन मूल्याङ्कन औसतमा नब्बे प्रतिशत प्राप्त गरेको हुनुपर्ने थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077