Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

ढाँटछल गर्न सिपालु ओलीकै कारण विद्यालय शिक्षा विधेयक रोकियो : प्रचण्ड

ढाँटछल गर्न सिपालु ओलीकै कारण विद्यालय शिक्षा विधेयक रोकियो : प्रचण्ड

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् ।

बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा प्रचण्डले एमाले नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओली विधेयकको विरुद्धमा गएकाले सदनमा पेश हुन ढिलाइ भएको बताएका हुन् ।

उनले असार १५ मै पारित गर्ने भनिएको विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकिएको आरोप समेत लगाए ।

उनले भने–‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको विरुद्ध गएकाले ढिलो भएको हो, त्यसमा कोही भ्रममा नपरौं ।’

आफूहरूले शिक्षक र विद्यार्थीको पक्षमा बोलिरहँदा प्रधानमन्त्री ओली शिक्षकहरूलाई किन सुविधा दिने भनेर गालीगलौज गरेको उनले बताए ।

प्रचण्डले भने–‘हामी जनताको घरदैलोमा अभियान लिएर जाँदै गर्दा, हामीले शिक्षकहरूको पक्षमा, विद्यार्थीको पक्षमा, विद्यालय शिक्षा विधेयकको पक्षमा बोल्दै गर्दा शिक्षकहरूलाई गाली गरेर किन चाहियो यिनीहरूलाई सुविधा भनेर गाली गर्ने प्रधानमन्त्री उहाँ नै होइन ?, त्यही कारणले रोकिएको छ, उहाँ ढाँटछल गर्न धेरै सिपालु हुनुहुन्छ तर शिक्षामा सुधार गर्ने कुरामा ध्यान छैन, उहाँहरू नीजिकरणतिर हुनुहुन्छ, सार्वजनिक शिक्षाको पक्षमा हुनुहुन्न ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077